तस्करको निशानामा रेडपाण्डा

काठमाडौँ, २ जेठ

 पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् । 

वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान रेडपाण्डाको छाला ओसारपसारका घटनामा ३५ जनालाई कारबाही गरिएको छ । 

यसबाहेक नौ थान चितुवाको छाला ओसारपसारमा २४ जनालाई कारबाही गरिएको जिल्ला वन अधिकृत रामबाबु पौड्यालले जानकारी दिनुभयो । 

सालक वन्यजन्तु तस्करको तेस्रो रोजाइमा परेको छ । उक्त विवरणअनुसार यस वर्ष १७७ किलोग्राम सालकको खपटा ओसारपसारमा संलग्न नौ जनालाई कारबाही गरिएको उहाँले बताउनुभयो । 

जिल्लामा रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अंगको तस्करीको घटनाका ३३ मुद्दा दायर भएका छन् । 

संरक्षित वन्यजन्तुसम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर हुन्छन् भने संरक्षित सूचीमा नभएका वन्यजन्तुको मुद्दाको कारबाही जिल्ला वन कार्यालयले नै गर्ने गर्दछ । कतिपय अवस्थामा केही लोभ र अज्ञानताका कारण पनि सामान्य मानिस पक्राउ पर्ने गरेका छन् । 

त्यसैले वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी कानूनका बारेमा ग्रामीणस्तरसम्म सचेतना जगाउनुपर्ने आवश्यकता छ । नेपालबाट अधिकांश वन्यजन्तुका अंगको तस्करी काठमाडौँ हुँदै चीन, मलेशिया, जापान, युरोप तथा संयुक्त राज्य अमेरिकासम्म हुने गरेको छ । 

काठमाडौँबाट वन्यजन्तुका हाडछाला तथा अन्य सामग्रीको ओसारपसार बढी मात्रामा चीनतर्फ हुने गरेको छ । चिनियाँ परम्परा, सहज ओसारपसार, सौखिन जीवनशैलीलगायत कारण चीनमा वन्यजन्तुको बढी माग हुने गरेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले बताउनुभयो । 

केन्द्रीय राजधानीमा दुर्लभ वन्यजन्तुको ओसारपसारका घटनामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अनुपमशम्शेर राणाका अनुसार अधिकांश पैसाको लोभमा वन्यजन्तुका अंग ओसारपसार गर्दा निम्नवर्गका व्यक्ति पक्राउ पर्ने गरेका छन् । 

त्यस्ता व्यक्ति वन्यजन्तुका अंग बेच्न व्यापारी खोज्दै जाँदा हल्ला हुने र प्रहरी कहाँ सूचना पुग्ने गरेको छ । यसबाहेक नेपाललाई पारवहन मार्ग बनाई अन्तर्राष्ट्रिय व्यापार गर्ने ठूला तस्कर थोरै मात्रामा पक्राउ पर्ने गरेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

स्वास्थ्य मन्त्रालयले अस्पतालका नाममा खाली भवनलाई २ करोड दिएको खुलासा

पुस २, २०७५ काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकम दुरुपयोग भएको छ । जनताले सस्तो र

ट्रेकिङ एजेन्सीको गलत धन्दाले अन्तर्राष्ट्रिय मिडियामा देशको असीमित बदनाम

पुस २, २०७५ काठमाडौं– पदयात्रा र पर्वतारोहणमा जानेृ पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरु बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्  ।तर पर्यटकलाई

सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

वीरगञ्ज, २ पुस  देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ ।