नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

काठमाडौँ, २ जेठ

पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

पार्टी एकताको विषयमा विभिन्न खालका टीका÷टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ । पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने जनाएको छ । (रासस)
 

प्रतिकृया दिनुहोस

नेकपाको आगामी महाधिवेशनमा भाग लिन बन्यो यस्तो नियम

मङ्गलबार, ०१ साउन   काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य

भारतले भन्यो –गण्डकीमा पानीजहाज चलाउ

२०७५ श्रावण १ मंगलबार काठमाडौं । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ ।

कांग्रेसमा किचलोः बन्न सकेन प्रदेश समिति

काठमाडौं १ साउन । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन । पार्टीभित्रका गुटहरूको टकरावका कारण