रोयल्टी तिरौं, स्रस्टा बचाऔं - चेतन सापकोटा

सुशिल पन्त, बैशाख ५, ड्रिम्स -


संगीतकार तथा गायक चेतन सापकोटाले गीत संगीत बजाए बापतको रोयल्टी सबैले तिर्नु पर्ने बताएका छन् । आफ्नो नयाँ गीतको भिडियो सुटिङको लोकेसन हेर्नको लागि चितवन आएका चेतनले ड्रिम्स एफको कार्यक्रम ड्रिम्स बिशेषमा बोल्दै यस्तो बताएका हुन् ।

'एउटा स्रस्टाले मेहेनत गरेर गीत सृजना गर्छ, तर ति गीतहरु बजाए त देखाए बापतको रोयल्टी नपाउदा भोली मृत्‍यु पश्चात जलाउनको लागि दाउरा समेत अरु सँग माग्न पर्ने स्थिती रहेको छ - चेतनले भने ।' 'पहिलेका कलाकारहरु कसैले पनि यो बिषयलाई गम्भिरताका साथ लिएनन्, अब हामीले पनि यसमा गम्भिर भएर नलागे भोलीका नयाँ पिडीले हामीलाई सराप्ने छन्, गाली गर्नेछन् - चेतनले भने ।' चेतनले सुरुवाती चरण भएकोले रोयाल्टी रकम पनि न्युन राखिएको जानकारी दिएका छन् ।

एक दिन गीत बजायबापत ३ रुपैया रोयल्टी तिर्नु पर्ने नियम रहेको छ ।  संचारमाध्याम देखी सार्वजनिक सवारी साधनले गीत संगीत बजाए बापतको रोयल्टी रकम तिर्नु पर्ने चेतनको भनाई रहेको छ । यस्तै चेतनले संचारमाध्यमहरुलाई सहयोगका निम्ती आग्रह पनि गरेका छन् ।

चेतनले भने अहिले तपाईहरु हामीलाई सहयोग गर्नुहोस् पछी हामी तपाईहरुलाई पनि सहयोग गर्नेछौ । रोयल्टी नतिरी गीत संगीत बजाउनु पाइरेसी हो त्यसैले पाइरेसी नगरिदिनुहुन चेतनले सबैमा आग्रह गरेका छन् ।  

प्रतिकृया दिनुहोस

रणवीर-दीपिकाको वैवाहिक मिति तय, ३० जना पाहुनालाई निम्ता!

साउन २९, २०७५ लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति तय भएको खबर आएको छ। लामो समयदेखि बलिउडमा

‘तीजको बेला नाच बरिलै’ बजारमा

काठमाडौँ, २६ साउन लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ ।  गीतमा गायक बराइलीले मनमा जति सुकै

प्रदीप–मिरुनाको अनस्क्रिन रोमान्स  "रोजी"को​​​​​​​ गीत " फूल हैन "मा

ड्रिम्स्, श्रावण २४  चितवन । चलचित्र "रोजी" को गीत सार्वजनिक गरिएको छ । एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर छ ।