विद्यार्थी भर्ना अभियान शुरु  शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २१ जेठ

 विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु भएको जानकारी दिनुभयो । 

विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले बालबालिका विद्यालयमा किन भर्ना भएनन् भन्ने जाकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कक्षा १ देखि ५ सम्म ११ हजार ९५१, कक्षा ६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी छन्, उनीहरुलाई विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान शुरु गरिएको हो ।”  (रासस)

प्रतिकृया दिनुहोस

गरीब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने

भादगाउँ, ५ माघ  भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । स्थायी बसोबास गर्ने गरीब,

सरकारी सुविधा लिनेको छोराछोरी सार्वजनिक स्कुलमै पढ्नुपर्ने

माघ ५, २०७५  काठमाडौं– सरकारी कोषबट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा बढ्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय

नर्सिङ पढाइप्रति पुरुष आकर्षण कम, अधिकांश कलेजमा कोटा खाली  

माघ ४, २०७५ काठमाडौं ।  नर्सिङ पढ्ने पुरुषको संख्या निकै न्यून रहेको छ । पर्याप्त प्रचार र भर्नाको समयमा सूचना सार्वजनिक नहुँदा नर्सिङ पढ्ने