लोकसेवा आयोगः तीनवर्षीय रणनीतिक योजना

काठमाडौँ, २२ जेठ

 लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । 
संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई प्रविधिमैत्री बनाउने लगायत विषय योजनामा समावेश गरिएको छ । वार्षिकोत्सव मनाउन आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आठ सदस्यीय समिति निर्माण गरिएको छ । 
यसैबीच सरकारी सञ्चारमाध्यमका प्रतिनिधि र आयोगको प्रचारप्रसार उपसमितिको आज बसेको बैठकले वार्षिकोत्सवका अवसरमा संगठनको इतिहास र विभिन्न गतिविधि ‘गोरखापत्र’मा प्रकाशन गरिने निर्णय गरेको छ । आयोगले रेडियो नेपालबाट परिसंवाद कार्यक्रम चलाउने तथा निजी राष्ट्रिय दैनिक तथा विद्युतीय सञ्चारमाध्यमलाई संगठनको वार्षिकोत्सवका सन्देश तथा सूचना प्रवाहका लागि आग्रह गरेको छ । (रासस)

प्रतिकृया दिनुहोस

भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने

चितवन, १ कात्तिक बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालय र अस्पतालले

पाठ्यक्रममै योग शिक्षा राखिन्छ : मन्त्री पोखरेल

बुधबार, ३१ असोज   बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको पूmलपातीको

संस्कृत विश्वविद्यालयको टोली ‘स्वीकृतिबिनै क्यानडा’

असोज २९, २०७५ काठमाडौँ  सरकारद्वारा गठित छानविन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिना स्वीकृति क्यानाडामा विश्व संस्कृत