उदास भए क्रिकेटर सन्दिप, आखिर किन ?

जेष्ठ २४, ड्रिम्स  - 

 

क्रिकेटर सन्दिप लामिछाने अब क्रिकेटर मात्र नभई गायक पनि बनेका छन् । पछील्लो समय विश्वभर चर्चामा रहेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको अफिसियल गीत सार्वजनिक भएको छ । क्रिकेटको माध्यमबाट सफलताको शिखर तर्फ लम्किरहेका सन्दिपको उदास बोलको गीतको लिरिकल भिडियो युट्युबमा सार्वजनिक भएको हो ।

 

सन्दिपले केही समय अघी मात्र आफ्नै अफिसियल च्यानल सन्दिप लामिछाने मा गीतको ट्रेलर राखेका थिए । त्यही बेला देखी नै बहुप्रतिक्षित बनेको गीत सार्वजनिक भएको हो । गीतमा सन्दिपको आवाज रहेको छ भने सन्दिप कै कम्पोज रहेको छ । बिनोद तिमल्सिनाको शब्द रहेको गीतमा सनिश सुनुवारको संगीत रहेको छ । सार्वजनिक गीतमा प्रेममा धोका भएको भाव रहेको छ । गीत संगीतमा पारखी सन्दिपले गीत संगीत सधैं आफ्नो प्रेणणाको स्रोत भएको आफ्नो अफिसियल फेसबुक पेजमा लेखेका छन् ।

 

हालै मात्र इन्डियन प्रिमियर लिग आईपिएल र विश्व ११ बाट वेष्टइन्डिज बिरुद्ध टि २० खेलेर फर्कियका सन्दिप क्यारेबियन लिग (सिपिएल) र क्यानडाको ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा समेत अनुबन्धन भईसकेका छन् । सन्दिप बिभिन्न समयमा सार्वजनिक कार्यक्रमहरुमा सेमेत गीत गाउदै आईरहेका छन् । 

 

प्रतिकृया दिनुहोस

तिमी हुन्छाै जहाँ जहाँ

 ०८ असार  काठमाडौं : शुक्रबारबाट देशभरका ७५ सिनेमा हलबाट ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ । यो चलचित्र एक्लै प्रदर्शनमा आउन लागेको

प्रतिक्षित फिल्म वीराङ्गनामाको ट्रेलर सार्वजनिक

शिल्पा र अनुप देखी बाँदरसम्मको एक्शन ट्रेलर     काठमाडौं । एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आईतवार सार्वजनिक गरिएको छ ।

‘वीराङ्गना’को ट्रेलर सार्वजनिक

 २०७५ असार ५ मंगलबार काठमाडौं । चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलर एक्सनप्रदान छ