समाचार लेख्न क्रिकेट खेले पत्रकारले

दाङ, २७ जेठ

जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् । प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा शनिबार घोराहीमा गरेको पत्रकारका लागि क्रिकेट खेल समाचार लेखन तालीमका सहभागी पत्रकारले अभ्यास खेल खेल्दै समाचार लेखेका थिए । 

क्रिकेटको अभ्यास, समाचार लेखन र नियमका बारेमा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैया, सल्लाहकार किशोरचन्द्र गौतम र खेल शिक्षक देवेन्द्रसिंह ठकुरीले प्रशिक्षण दिनुभएको थियो । 

“जिल्लामा क्रिकेटप्रति आकर्षण वृद्धि गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका छ, खेलका केही प्राविधिक कुराहरु राम्रोसँग नबुझ्दा समाचारमा त्रुटिसमेत देखिने गरेको छ । यसलाई यो तालीमले चिर्ने काम गरेको छ”, दाङ क्रिकेट संघका अध्यक्ष मजगैयाले भन्नुभयो । 

दाङ क्रिकेट संघका सल्लाहकार गौतमले तालीमले क्रिकेट खेलका समाचार लेखमा थप सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकूदको विकासका लागि उपमहानगरपालिकाले विशेष पहल थालेको बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, ५ कात्तिक एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

आइतबार, ४ कार्तिक, २०७५ काठमाडौं  स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।विश्वभर

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

कावासोती, २९ असोज  दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी