विश्वकप फुटबलको मुखैमा ब्राजिलको सानदार जित

 

भिएना, २८ जेठ । विश्व फुटबलमा आफ्नो प्रभाव मेट्नै नसकिने गरी पारेको ब्राजिल यसपटक युवा टिमले भरिएको छ ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नमिठो अनुभव लिएको ब्राजिललाई यसपटक रुसमा हुने विश्वकपको बलियो उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

रुस विश्वकपको तयारी स्वरुप भएको आफ्नो अन्तिम अभ्यास खेलमा ब्राजिलले प्रभावशाली जित निकालेको छ । यो जितमा टिमका सबै उत्कृष्ट युवा खेलाडीले गोल गरे । भिएनामा भएको खेलमा ब्राजिलले अस्ट्रियालाई ३–० ले हराएको हो ।

ब्राजिललाई जिताउने नेइमार, गाब्रिएल जिसस र फिलिप कोन्टिन्होले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । ३६ औँ मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

चोट निको भएर तीन महिनापछि मैदान फर्किएका नेइमारले ६३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै ६९ औँ मिनेटमा कोन्टिन्होले गोल गर्दै ब्राजिलको जित निश्चित गरेका हुन् ।

पाँच पटकको विश्व विजेता ब्राजिल रुस विश्वकपका लागि समूह ई मा छ । उसले जुन १७ मा स्वीट्जरल्याण्डसँगको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि उसले कोस्टारिका र सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

प्रतिकृया दिनुहोस

ब्राजिलले ‘ड्र’ खेल्दा नेपाली समर्थक बेहोस, अस्पताल भर्ना !

काठमाडौं, ८ असार– असार तीन गते पाँच पटकको विश्व विजेता ब्राजिलले स्विट्जरल्याण्डसँग रुस विश्वकपमा पहिलो खेल खेल्यो । उक्त खेल सकिएको केही क्षणमै

खेलकूद प्रशिक्षक कामविहीन

बागलुङ, ८ असार         भौतिक पूर्वाधार र सामग्रीको अभावमा यहाँका खेल प्रशिक्षक कामविहीन बनेका छन् । सरकारी तलब खाने प्रशिक्षक वर्षौंदेखि

अर्जेन्टिनालाई रोकेको आइसल्याण्डले नाइजेरियालाई के गर्ला त 

  २०७५ असार ८ शुक्रबार काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शुक्रबार समुह डी अन्तर्गत आइसल्याण्ड र नाइजेरियाको बीचमा खेल हुँदैछ । अर्जेन्टिनाको