शिरिषाको उपचारमा आर्थिक सहयोग

जेष्ठ २८, ड्रिम्स - 

रक्त क्यान्सरले गाँजेर एक महिनादेखि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बालिका शिरिषा लामिछानेको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर १५ की आठ वर्षीया शिरिषाको उपचारमा आर्थिक अभाव भएपछि उनका अभिभावकले आइतबार पत्रकार सम्मेलन गरी सहयोगका लागि आग्रह गरेका थिए । रत्ननगर नगरपालिकाको पिठुवा घर भई अहिले अध्ययनका लागि जापानमा रहनु भएकी बबिता बरुवालले आफ्नो जन्मदिन पारेर सोमबार शिरिषाको उपचारका लागि १५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।

बबिताले जापानबाट पठाएको नगद १५ हजार रुपैयाँ सञ्चारकर्मी सुशिल पन्तले सोमबार साँझ अस्पताल पुगेर शिरिषाका बुबाको हातमा दिनु भएको थियो । शिरिषा बुबा नारायण लामिछानेले छोरीको उपचारमा चार लाख रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि रकम अभाव भएपछि सहयोगीलाई हारगुहार गर्नुपरेको बताउनु भयो । घरको आर्थिक अवस्था राम्रो नभएकोले छोरीको उपचारमा समस्या परेको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

पार्क पसे ढिकी, जाँतो र कोल

कात्तिक ५, २०७५  गोरखा  ढिकीमा धान अनि जाँतोमा कोदो, मकै, चामल, गहुँ र जौ पिस्ने गरिन्थ्यो– १० वर्ष अघिसम्म । तोरी र तिल कोलमा हालेर तेल

वनको कार्यक्षेत्र खुम्चियो

कात्तिक ५, २०७५  काठमाडौं - जिम्मेवारी जिल्लाभरिकै वन हेर्ने तर कार्यक्षेत्र जम्मा ५ वटा वडा । सुन्दा अनौठो लाग्न सक्छ । डिभिजन वन कार्यालय, मनाङ भने

धान भित्र्याउन कृषक व्यस्त

सोमबार, ०५ कार्तिक   भक्तपुर  दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने