सिंगापुरमा आफ्नै शौचालय बोकेर गएका थिए किम, आखिर किन ?

काठमाडौं, २९ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगेका उत्तर कोरियाली नेताले आफ्नो व्यक्तिगत शौचालय लिएर गएका छन् । 

किमले सिंगापुरमा सार्वजनिक शौचालय प्रयोग गर्न नचाहेकाले आफ्नै शौचालय लिएर गएका हुन् । 

दक्षिण कोरियाको समाचार संस्था थे चोसुनिल्बोले एयर चाइना बोइङ ७४७ विमानबाट सिंगापुर आउँदा उनीसँगै आईएल–७६ मालवाहक विमान पनि आएको र त्यसमा उनको बुलेटप्रूफ गाडी र बोक्न मिल्ने शौचालय रहेको लेख्यो । 

सन् २००५ मा दक्षिण कोरियातर्फ भागेका पूर्व उत्तर कोरियाली गार्ड कमान्ड इकाइका ली युन कीयोलले यो सामान्य कुरा भएको बताए ।

‘सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा उत्तर कोरियाका नेताले यात्रा गर्ने क्रममा निजी शौचालय प्रयोग गर्छन्,’ लीले द वाशिङटन पोस्टलाई बताए । 

किमको दिसाको विश्लेषण कसैले गर्न नपाऊन् भनी यसो गरिएको छ । 

‘किमको दिसामा उनको स्वास्थ्यस्थितिको जानकारी अवश्य हुन्छ, त्यसैले त्यसलाई त्यत्तिकै छोड्न मिल्दैन,’ लीले व्याख्या गरे । 

किमले देशभित्रै पनि सैनिक अड्डा र सरकारसञ्चालित कारखानाको निरीक्षण भ्रमण गर्दा निजी शौचालय लिएर जाने गरेका छन् । किमको गाडीमा पनि एउटा शौचालय फिट गरिएको हुने दक्षिण कोरियाली समाचार संस्था डेलीएनकेले
लेखेको छ ।

एजेन्सी

 

प्रतिकृया दिनुहोस

निकी हेलीले उडाइन् ट्रम्पको मजाक

कात्तिक ५, २०७५ काठमाडौं संयुक्त राष्ट्रसंघमा अमेरिकाकी राजदूत निक्की हेलीले राष्ट्रपति डोनल्ड ट्रम्पको अहंकार र अज्ञानतको मजाक उडाएकी छन्

जलवायु परिवर्तनका कारण पग्लिन थाल्यो आर्कटिकको हिउँ, शहर पसे भालु

कात्तिक ५, २०७५ काठमाडौं  रुसको पूर्वमा रहेको तटीय शहर डिक्सनमा अहिले ध्रुवीय भालु (पोलर बीयर) को आतंक फैलिएको छ । खासमा जलवायु परिवर्तनका कारण

यमनमा हवाई आक्रमण, ४५ हूती विद्रोहीको मृत्यु

कात्तिक ५, २०७५ काठमाडौं साउदी अरब नेतृत्वको गठबन्धन सेनाले दुई फरक फरक ठाउँमा हवाई आक्रमण गरेपछि हूती समूहका नेताहरूसहित ४५ लडाकूको मृत्यु भएको