फेसियल गरेपछि कहिल्यै नगर्नुस् यस्तो गल्ती

फेसियल आजभोलि सामान्य भएको छ । आफूलाई आकर्षक देखाउनका लागि फेसियल गर्ने गरिन्छ । तर, कहिलेकाहीँ स–साना गल्तीले पनि अनुहारमा नकारात्मक असर पुर्‍याउन सक्छ ।

सचेत नभएको खण्डमा फेसियलले अनुहार कुरूप बनाउन पनि सक्छ । त्यसैले फेसियललाई प्रभावकारी बनाउन यस्ता गतिविधि गर्नु हुँदैन ।

फेसियलपछि तत्काल घाममा बस्नु या हिँड्नु हुँदैन । फेसियलले अनुहारको छालालाई सफ्ट बनाउँछ । यस्तो अवस्थामा घाममा बस्दा टेनिकको समस्या आउन सक्छ ।

फेसियलपछि स्क्रम गर्दा पनि छालामा समस्या उत्पन्न हुन थाल्छ । जति नै आवश्यकताको महसुस भए पनि फेसियलपछि चाहिँ यस्तो गर्नु हुँदैन । बरु यसका लागि माइल्ड फेसवास प्रयोग गर्न सक्नुहुन्छ ।

फेसियल गरेको केही समयमै घाँटी र अनुहार पानीले सफा गर्नु पनि राम्रो होइन । यसको विकल्पमा गुलाबजलको सहायताले हल्कासँग सफा गर्न सकिन्छ । साबुनपानीले सफा गर्दा अनुहारमा चमक नदेखिने समस्या हुन्छ ।

फेसियलपछि तत्काल थ्रेडिङ वा अपर लिप गर्नबाट पनि बच्नुस् । अनुहारको छाला यति संवेदनशील हुन्छ कि यस्तो समय थ्रेडिङ गर्दा स्थायी रूपमै दागसमेत बस्न सक्छ ।

सकभर फेसियलपछि चिया, कफी पनि नपिउनुस् । यसरी पिउँदा अनुहारको रक्तसञ्चारमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा फेसियलले राम्रोसँग प्रभाव जमाउन सक्दैन । दुई घन्टाको अवधिपछि चाहिँ पिउँदा हुन्छ ।

महिला हुनुहुन्छ र गर्भवतीसमेत हुनुहुन्छ भने फेसियलपूर्व आफूबारे पार्लरमा बताउनुस् । ताकि, तपाईंको सुविधा र अवस्थाअनुसार ब्युटिसियनले ट्रिटमेन्ट गरून् । लोकान्तर 

प्रतिकृया दिनुहोस

मुटुरोगको मुख्य कारक खानपान र जीवनशैली  विशेषज्ञ डा भट्टराई

पर्वत, ५ माघ  नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ ।

पार्टीमा जानु छ! तर मेकअपका लागि पर्याप्त समय छैन भने के गर्ने?

काठमाडौँ – चाहे चार्डपवको समयमा होस् अथवा कुनै पार्टीको समयमा होस् महिलाहरु छोटो समयमा छिटोछिटो तयार हुन खोज्छन् । जसका कारण उनीहरु राम्री

भारतमा स्वाइन फ्ल्युका कारण ४० को मृत्यु, एक हजारबढी मानिस बिरामी

माघ ५, २०७५ काठमाडाैं- भारतमा स्वाईन फ्लुुका कारण ४० जनाको मृत्यु भएको छ । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको