कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

काठमाडौँ, ३० जेठ

चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा उहाँको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । 

उहाँको पूर्णकदको शालिक निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष केसीले बताउनुभयो । 

सो स्थानबाट काठमाडौँ उपत्यका तथा गोर्खा, धादिङ, नुवाकोट, गणेश हिमाल लगायतका अग्ला शिखर देखिन्छ । कलंकीदेखि नैकाप पुरानो भञ्ज्याङबाट वनजंगलको नजिकैबाट उकालो गएपछि स्थानीय बिन्ध्यवासिनी र इन्द्रदह पार गरेपछि पुगिने समाधिस्थल आसपासका क्षेत्रमा पूर्वाधार विकासका गृहकार्य भइरहेको छ । 

सीतापाइलादेखि रामकोट, भीमढुंगा हुँदै दक्षिणतर्फ गएपछि स्विटजरल्याण्ड उद्यान पुग्न सकिन्छ । गोरेटो बाटोलाई अचेल फराकिलो पार्दै मोटरबाटो बनाइएको छ । 

प्रा रामकुमार पाँडे उहाँको सम्झनामा त्यस क्षेत्रमा एक दरबार र संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिनुहुन्छ । 

उद्यमी भक्त प्रल्हादका अनुसार विसं १७७० मा जन्मेका वंशीधर पाँडे सैन्य कौशलतामा निपुण, राजनीतिक अनुभव तथा कूटनीतिक अनुभवका कारण काजी कालु पाँडेका रुपमा पहिचान बनाएको इतिहास पाइन्छ । उहाँको विसं १८१४ जेठ मा कीर्तिपुरको युद्धमा मृत्यु भएको थियो ।  (रासस)

प्रतिकृया दिनुहोस

नारायणगढको आदिकवि भानुभक्त माविमा सिभिल इन्जिनियरिङ पढाइ हुने

  ८, असार, चितवन । नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयले यसवर्षदेखि सिभिल इन्जिनियरिङ विषयमा पढाइ सुरु गर्ने भएको छ । शुक्रबार

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

काठमाडौँ, ८ असार  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण

महिलालाई आधुनिक चुलो

रामपुर, पाल्पा, ८ असार जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले आफ्ना महिला सदस्यलाई निःशुल्क आधुनिक चुलो वितरण गरेको छ । विभिन्न समूहमा रहेर