पचास हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, ३० जेठ

 महानगरीय प्रहरी परिसर काठमाडौँले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो । 

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताउनुभयो । “काठमाडौँका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,” उहाँले भन्नुभयो । “घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ । ” 

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पु¥याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

जवानी चल्यो जात चलेन, दलित भएकै कारण सुत्केरी श्रीमती छोडेर श्रीमान बेपत्ता

जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् । श्रीमतीले छोरी जन्माएको डेढ महिनामा

दोष कस्को ?

– पवित्रा दाश  मैले मेरो श्रीमतीलाई साथी जस्तै गर्दथे । हामी जहाँ जादा पनि सँगै जाने गर्दथ्यौ । उनी पनि मलाई धेरै माया गर्दथिन् । म पनि उनलाई धेरै

नि शुल्क स्वास्थ्य शिविर सम्पन्न 

माघ–०६ चितवन, ड्रिम्स् लियो क्लब अफ नारायणगढको आयोजनामा शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित लोटस बोर्डिङ स्कूलमा नि शुल्क स्वास्थ्य