हाइड्रोपावरसँग सोलुखुम्बु र रामेछापका बासिन्दाको माग

काठमाडौँ, ३० जेठ

 सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले यहाँ निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका छन् । व्यापारी मोती दुगडको नेतृत्व रहेको एमभी दुगड ग्रुपले निर्माण गर्न थालेको हाइड्रोपावर सञ्चालन गर्न स्थानीय जनताको स्वीकृति लिनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् । 

मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा त्यहाँका स्थानीय बासिन्दाले विद्युत्गृहको निर्माणबाट प्रभावित बासिन्दालाई रोजगारी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारसहितको ५० श्ययाको अस्पताल निर्माण गर्नुपर्ने माग गरिएको छ । 

नेपाली काँग्रेस सोलुखुम्बुका पूर्वसभापति आङकाजी शेर्पाले नेपाली काँग्रेसले स्थानीय जनताको मागको पूर्ण समर्थन गर्दै स्थानीय पीडितको माग पूरा गरेर तथा जग्गाको मुआब्जा दिएर मात्र विद्युत्गृह सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

स्थानीय बासिन्दा विनोद कार्कीले विद्युत्गृह निर्माण गर्नुअघि वातावरण मूल्याँकन गर्नुपर्ने तथा जग्गा अधिग्रहण सरकारी नियमको परिधिमा गर्नुपर्ने बताउनुभएको थियो ।  (रासस)

प्रतिकृया दिनुहोस

कोशीमा त्रास : सप्तकोशी फुटेको १० बर्ष पुग्याे, बालुवा भरिएर नदीमा पुनः सोही जोखिम बढ्दै

सुनसरी अर्थात सप्तकोशी नदी फुटेको अर्थात बाटो विराएको १० बर्ष पुग्यो ।  भदौ २ ​​​​​​​ कोशी फुट्दा ७ हजार बढी बिस्थापित भएका थिए  । त्यस समय

दूतावासका कारण विद्यालय पुनःनिर्माण भएन

धादिङ, २ भदौ  भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै

प्रधानाध्यापक थुनामा

पर्वत, २ भदौ आफँैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६