कुटपिटबाट मृत्यु

राजविराज, ३० जेठ

 राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हँुदा मृत्यु भएको हो । 

मण्डललाई कसले, किन हत्या गरेकोे भन्ने खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । 

यसैबीच कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

कोशीमा त्रास : सप्तकोशी फुटेको १० बर्ष पुग्याे, बालुवा भरिएर नदीमा पुनः सोही जोखिम बढ्दै

सुनसरी अर्थात सप्तकोशी नदी फुटेको अर्थात बाटो विराएको १० बर्ष पुग्यो ।  भदौ २ ​​​​​​​ कोशी फुट्दा ७ हजार बढी बिस्थापित भएका थिए  । त्यस समय

दूतावासका कारण विद्यालय पुनःनिर्माण भएन

धादिङ, २ भदौ  भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै

प्रधानाध्यापक थुनामा

पर्वत, २ भदौ आफँैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६