सेल्फी खिच्दा पोचुर्गलमा एक जोडी पर्यटकको मृत्यु

बुधबार, ३० जेठ 

सेल्फी खिच्दा पोचुर्गलमा एक जोडी पर्यटकको मृत्यु

पोचुर्गलमा सेल्फी खिच्ने क्रममा एक जोडी पर्यटकको मृत्यु भएको छ । उनीहरु पोर्चुगलको एक लोकप्रिय समुन्द्री किनार तर्फ फर्किएको एक पर्खाल माथि सेल्फी खिच्न लाग्दा असन्तुलित भएर लडेका थिए । पोर्चुगलको कोर्रेइओ दा मान्हा समाचारपत्रले ती जोडीको इरिसेइरा शहरको प्रेइया दोस पेस्कादोरेसमा मृत्यु भएको रिपोर्ट दिएको छ । पोर्चुगलको पश्चिमी भागमा रहेको यो समून्द्रि तट सुन्दर रिेसोर्टहरुका लागि चर्चित छ ।

राजधानी लिस्बन नजिक रहेको क्यासकेस बन्दरगाहमा उद्दार सेवाका प्रमुख रहेका रुई पेरेइया दा तेर्राले समाचार एजेन्सी लुसासँग बोल्दै ती महिला र पुरुष पर्खालमाथि बसेर सेल्फी खिचिरहेको हुन सक्ने अनुमान गरे । “हामीले पर्खालमा एक मोबाइल फोन भेटेका छौं । सबै कुराले पीडितहरुले सेल्फी लिदैं गरेको देखाएको छ , केही कारणले उनीहरुको फोन खसेको तर त्यसलाई टिप्नका लागि ढल्किदाँ खसे,” उनले भने ।

रिपोर्टमा जोडिको नाम उल्लेख गरिएको छैन तर महिला ३० वर्षकी र पुरुष ४० रहेको उल्लेख छ । तथापी अन्य रिपोर्टहरुमा यो उमेर पनि थोरै थपघट देखिन्छ । उनीहरु ३० मिटरभन्दा तल खसेका थिए । समाचारपत्रको रिपोर्ट अनुसार जोडीको लास मंगलबार बिहानै समुन्द्री तट सफा गर्ने मानिसले भेटेका थिए ।

एक पीडित अष्ट्रेलियन हुन ्भने अष्ट्रेलियाका अधिकारीहरुका अनुसार अर्को व्यक्ति बेलायती हुन् । अष्ट्रेलियाली अधिकारीहरुले आफूहरुले उक्त व्यक्तिको विषयमा बेलायती विदेश कार्यालयसँग निरन्तर सम्पर्कमा रहेको बताए ।
पोचुर्गलको राजधानीबाट ३० कि.मी. टाढा रहेको इरिसेइरा शहर सर्फिङ्को लागि लोकप्रिय ठाँउ हो । पर्यटकहरु उक्त पर्खालबाट खसेको यो पहिलो घटना भने होइन ।एजेन्सी 

प्रतिकृया दिनुहोस

निकी हेलीले उडाइन् ट्रम्पको मजाक

कात्तिक ५, २०७५ काठमाडौं संयुक्त राष्ट्रसंघमा अमेरिकाकी राजदूत निक्की हेलीले राष्ट्रपति डोनल्ड ट्रम्पको अहंकार र अज्ञानतको मजाक उडाएकी छन्

जलवायु परिवर्तनका कारण पग्लिन थाल्यो आर्कटिकको हिउँ, शहर पसे भालु

कात्तिक ५, २०७५ काठमाडौं  रुसको पूर्वमा रहेको तटीय शहर डिक्सनमा अहिले ध्रुवीय भालु (पोलर बीयर) को आतंक फैलिएको छ । खासमा जलवायु परिवर्तनका कारण

यमनमा हवाई आक्रमण, ४५ हूती विद्रोहीको मृत्यु

कात्तिक ५, २०७५ काठमाडौं साउदी अरब नेतृत्वको गठबन्धन सेनाले दुई फरक फरक ठाउँमा हवाई आक्रमण गरेपछि हूती समूहका नेताहरूसहित ४५ लडाकूको मृत्यु भएको