प्रचार प्रसारको लागि ‘तिमी हुन्छौ जहाँ जहाँ’ चितवनमा

जेष्ठ ३०, ड्रिम्स -   

असार ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको पुर्व मिस नेपाल मलिना जोशी अभिनित  चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को प्रचार प्रसार सुरु भएको छ । यसै क्रममा उपत्यकामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरी फिल्म युनिट अहिले मफोसल आईपुगेको छ । प्रचार प्रसार कै क्रममा टोली आज चितवन आईपुगेको छ ।  गत बर्ष  प्रदर्शनमा आएको चलचित्र 'रानी' मा एक साथ देखिएका मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ सहित नव अभिनेत्री तमन्ना केसी, निर्माता दाल चन्द्र दवाडी, कार्यकारी निर्माता प्रकाश बासकोटा सहितको टोली चितवन आएको हो । 

 

फिल्म युनिटले चितवनको नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नायिका मलिना जोशीले ‘तिमी हुन्छौ जहाँ जहाँ’ लभस्टोरी फिल्म भएको बताईन । लभ स्टोरी भए पनि चलचित्रमा एक्सन पनि रहेको मलिनाको भनाई रहेको छ । फिल्म राम्रो बनेकोले दर्शकलाई हल सम्म गएर हेरिदिनुहुन मलिनाले आग्रह गरिन । यस्तै मलिनाले चलचित्रमा आफ्नो भूमिका बारे पनि स्पष्ट पारेकी छिन् । चलचित्रमा आफु एउटा सरल केटीको भूमिका रहेको बताईन , जो धरानबाट ठुलो सपना बोकेर काठमाण्डौ पुग्छे । 

 

चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठले चलचित्र राम्रो बनेको बताएका छन् । 'रानी' बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मनिषले पहिलो चलचित्र भन्दा यो चलचित्रमा राम्रो काम गरेको बताए । प्रदर्शन मिती नजिकिदै फर्दा हल्का डर लागे पनि राम्रो काम गरेकोले दर्शकले मन पराउने मनिषले बताए । 

 

यही चलचित्रबाट डेब्यु गरेकी नव अभिनेत्री तमन्ना केसीले आफुलाई पहिले देखी नै चलचित्रमा काम गर्ने इच्छा रहेको र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले आफ्नो सपना साकार पारेको बताईन । मैले खोजेको जस्तै स्क्रिप्ट पाए र काम गर्न तयार भए, तमन्नाले भनिन् । यस्तै तमन्नाले चलचित्रमा लभ स्टोरी मात्र नभई फ्रेण्डसिप पनि रहेको बताईन ।

 

चलचित्रका निर्माता दाल चन्द्र दवाडी र कार्यकारी निर्माता प्रकाश बासकोटाले पनि चलचित्र राम्रो बनेको बताए ।     


 
गीतसंगीत र ट्रेलरले फिल्मको चर्चा बढीरहेको छ । बिकास बस्यालको निर्देशन रहेको चलचित्रमा राम शरण उप्रेतीको सिनेमाटोग्राफी रहेको छ ।   
 
 

प्रतिकृया दिनुहोस

समिक्षा बनिन् 'फेस अफ सिटी २०१८'

सुशिल पन्त, भाद्र ४, ड्रिम्स - समिक्षा थापा मगर 'फेस अफ सिटी २०१८' बन्न सफल भएकी छिन् । मुन मिडिया हाउसको आयोजनामा चितवन भरतपुरको कभर्ड हलमा सम्पन्न

प्रियंकाले गरिन् इन्गे‍जमेन्ट

   भदौ २, २०७५ चर्चित भारतीय अभिनेत्री प्रियंका चोपडाले अमेरिकी नागरिक निक जोनससँग इन्गे‍जमेन्ट गरेकी छन्। 'देशी गर्ल' को उपनामले चिनिने

रणवीर-दीपिकाको वैवाहिक मिति तय, ३० जना पाहुनालाई निम्ता!

साउन २९, २०७५ लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति तय भएको खबर आएको छ। लामो समयदेखि बलिउडमा