रोनाल्डोमाथि २ वर्षको जेल सजाय, अब के हुन्छ ?

 

काठमाडौं, २ असार–   चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ ।   रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ । रोनाल्डो पोर्चुगाली राष्ट्रिय टोलीका कप्तान हुन् भने रियल म्याड्रिडबाट व्यावसायिक खेल खेल्छन् । 

जरिवाना तिरे रोनाल्डोले जेल जानुपर्ने सम्भावना कम हुनेछ । स्पेनिस कानून अनुसार कुनै व्यक्तिले २ वर्षभन्दा कम जेल सजाय हुने अपराध गरेको खण्डमा सुध्रने अवसर पाउँछ । 

३३ वर्षका रोनाल्डोमाथि १४ दशमलव ७ मिलयन युरो कर छलेको अभियोग छ । यद्यपी, उनका एजेन्टले यो अभियोग अस्विकार गर्दै आएका छन् । रोनाल्डोले आजको  स्पेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । 

रोनाल्डोको तर्फबाट यस विषयमा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । यसअघि बार्सिलोनाका लियोनल मेसीमाथि सन् २०१७ मा २१ महिनाको जेल सजाय सुनाइएको थियो । उनले स्पेनिस कानून अनुसार जरिवाना तिरेकाले जेल जानु परेको थिएन । लोकान्तर

 

प्रतिकृया दिनुहोस

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि

बैतडी, ७ असोज  नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल)

चौध क्लबले खेलाडी दर्ता गराए

काठमाडौँ, ६ असोज  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन्

नेपाल म्यानमारसँग भिड्ने

काठमाडौँ, ५ असोज  एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा