सपना सम्बन्धी १४ तथ्य जसले तपाईंलाई आश्चर्यमा पारिदिन सक्छ !

काठमाडौं— हामी सपना किन देख्छौं र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि कसरी प्रोजेक्टर बन्न पुग्छ अनि आँखा कसरी स्क्रिन बन्न पुग्छ जसमा छविहरू नाच्छन् भन्ने कुरा रमाइलो छ । आउनुस्, जानौं सपना सम्बन्धी केही तथ्य :

१. बच्चाहरू तीन—चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।

२. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।

३. एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।

४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।

५. हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।

६. हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।

७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।

८.  तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।

९.  हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।

१०.  मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।

११.  जनावर पनि सपना देख्छन् ।

१२.  दृष्टिविहीन पनि सपना देख्छन् ।

१३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

१४. सपना देख्दा तपाईंको शरीर पक्षघातको अवस्थामा हुन्छ । लोकान्तर संवाददाता

प्रतिकृया दिनुहोस

‘सानो परिवार सम्पन्न र सुखी परिवार हुर्किँदै’

  झुम्का, २६ कात्तिक सविना चौधरी  दिदी छ ?  चन्द्रा चौधरी  के छ भनेको ? छैन, छैन । श्रीमान्लाई नै लिन पठाइदेऊ, कहाँ जानुभो र उहाँ ?  “होइन, दिदी

जाडोसँगै निमोनियाको जोखिम बढ्दै  

चितवन, २६ कात्तिक  शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको

शरीरका महत्वपूर्ण अंग यसरी जोगाउन सकिन्छ

  शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता