भगवान शिव किन लगाउँछन् बाघको छाला ?

 

भगवान शिव भन्ने वित्तिकै तपाईंलाई एउटा स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका । 

धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको बर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ । 

के तपाईंले कहिल्यै सोच्नु भएको छ ? शिवजीले बाघको छाला किन लगाए ? 

जति पनि तपाईले तस्वीर देख्नु भएको छ त्यसमा शिवजी कित बाघको छाला लगाएको अवस्थामा वा बाघको छालामाथि बसेको अवस्थामा देख्नु भएको छ । आखिर शिवजीले किन बाघको छाला लगाए ? यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ  । 

पौराणिक कथा अनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे । 

यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।

भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरु भगवान शिवप्रति आकर्षित भए । 

सवै काम छोडेर ऋषि पत्नीहरु शिवजीको पछिलाग्न थालेपछि ऋषिहरु तनावमा परे र उनीहरु शिवसँग क्रोधित भए । तर उनीहरुले निवस्त्र हिड्ने भगवान शिव हुन् भन्ने चिनेनन् । 

त्यसपछि ऋषिहरुले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय रेचे । 

ऋषिहरुले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे । 

त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति(शिवजी)लाई खाओस् । 

तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरुले ति समान्य व्यक्ति नभएको थाहा पाए ।

त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।  लोकान्तर संवाददाता

 

प्रतिकृया दिनुहोस

‘सानो परिवार सम्पन्न र सुखी परिवार हुर्किँदै’

  झुम्का, २६ कात्तिक सविना चौधरी  दिदी छ ?  चन्द्रा चौधरी  के छ भनेको ? छैन, छैन । श्रीमान्लाई नै लिन पठाइदेऊ, कहाँ जानुभो र उहाँ ?  “होइन, दिदी

जाडोसँगै निमोनियाको जोखिम बढ्दै  

चितवन, २६ कात्तिक  शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको

शरीरका महत्वपूर्ण अंग यसरी जोगाउन सकिन्छ

  शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता