इकु इकु जस्तै देखिने ‘ईनु तुखे’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं १४, असार । यासेली योङहाङ र सुमधुर स्वरकी धनि सिता सिंगकको आवाजमा रहेको ‘ईनु तुखे’ बोलको गीतको म्यूजिक भिडियो सार्वनजिक भएको छ । गितकार तथा कलाकार गिता पालुङवाको शब्द अनि गायक योङहाङद्धारा नै संगितबद्ध भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

लिम्बु भाषाको संरक्षण सम्बद्र्धन र प्रबद्र्धन गर्दै पुस्ता हस्तान्तरण गर्नुपर्ने कथावस्तु समेटिएको भिडियोमा कलाकार यासेली योङहाङ र गिता पालुङवालाई मुख्य पात्रको रुपमा देखाईएको छ ।

भिडियोका निर्देशक लोकेन साँवाले छोटो दृष्यको माध्येमबाट प्राचीन किराँत याक्थुङ लिम्बुहरु ढुङ्गेयुग देखि कृषियुग हुँदै अहिलेकोे एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि भाषा अनि सभ्यताको महत्वतालाई नजिकैबाट चिनाउने प्रयास गरेका छन् । युग बदलिए जस्तै लिम्बुहरुको संस्कृति संस्कार पनि आधुनिक युगसँगै परिमार्जन गर्दै, विकास गर्दै लानुपर्ने सान्दर्भिकतालाई निर्देशक लोकेन साँवाले कलाकारहरुको भुमिकासंग जोडेका छन् ।

याक्थुङ हाक्पारे पालाम सयङको व्यावस्थापनमा निर्मित लिम्बु संस्कृति र सभ्यतासंग जोडिएको उक्त भिडियो निर्माणमा सिक्वेन्स फेसन हाउस र द हाईल्याण्ड आर्टले ड्रेसको सौजन्य गरेका छन् । लिम्बुहरुको प्राचिन देखि हालसम्मको यथार्थतालाई चित्रण गर्न खोजिएको यस म्यूजिक भिडियो निकै उत्कृष्ट रहनुका साथै विस्तारै जन रुचिको विषय वन्दै गैरहेको छ ।

 

प्रतिकृया दिनुहोस

बिबादिद ‘केदारनाथ’ को ट्रेलर आउट (भिडियो सहित)

  कार्तिक २७ बिबादै बिबादमा परेको बलिउड फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर रिलिज भएको छ । अभिनेता सैफ अली खानकी छोरी सारा अली खानले डेब्यु गरेको

छोरी साराको प्रेमीलाई सैफ अली खानले सोध्नेछन् यी तीन प्रश्न

   कात्तिक २६,   करण जोहर आफ्नो चर्चित च्याट शो ‘कफी विद करण’ को छैटौं सिजनसहित टिभीमा फिर्ता हुँदैछन् । जुसी गसिप र बलिउड स्टार्सको

यी हुन् वरुण धवनकी प्रेमिका, उनैसँग गर्दैछन् बिहे

  कात्तिक २६, २०७५ काठमाडौं — बलिउड अभिनेता वरुण धवन आफ्नो विद्यालय समयकी साथी नताशा दलालसँग डेटिङ गरिरहेका छन् । कफी विद करण टीभी शोमा उनले