गायक प्रताप दासले ‘लेखे एउटा गित’  (भिडियो)

 

चितवन, असार १५  ड्रिम्स्,  । नेपाल आईडलको पहिलो सिजनमा सहभागी हुँदै तेस्रो स्थान हाँसिल गरेका गायक प्रताप दासको ‘लेखे एउटा गित’ बोलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक गरिएको यस गितको भिडियोमा युवा मोडलका साथै नेपाली युवाहरू माझ औधि रुचाईएका मोडल कमल सिंह र श्रेया कार्कीको जबदस्त केमियो रहेको देख्न सकिन्छ ।

नेपाली युवाहरूले धेरै रुचाईएका गायक प्रताप दासको दमदार आवाजमा रहेको गितलाई गीतकार हरि पराजुलीले लेखेका हुन् ।
ए-वान म्युजिसियनको स्टुडियोमा तयार पारिएको गीतलाई सुन्दर र उत्कृष्ट बनाउन सरोज पोखरेलले संगीत भरेका हुन् भने अमोस तामाङले गीतलाई एरेन्ज गरेका थिए ।

नेपालका सुन्दर ठाउँहरुमा छायांकन गरिएको गीतको म्युजिकलाई केदार धितालले निर्देशन गरेका हुन् भने बुद्ध थापाको छायांकन गरेका हुन् । के कृयशनले उत्पादन गरेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

प्रताप दास

बान्की मिलेको अनुहार, सुगठित ज्यान, गहकिलो मिठो आवाजका धनी सबै गुणले भरीपुर्ण छ प्रताप । 

भीडमा मिसाइदियो भने उनलाई गायकभन्दा आबुई, हिरो भनेर आश्चर्य प्रकट गर्ने धेरै होलान् । वा, अटोग्राफ लिनेहरूको भिडले घेरा हाल्दो हो । साच्ँचै प्रताप उल्कै लोकप्रिय छन् । 

 

झट्ट हेर्दा उनी गायक कम र नायक बढी लाग्छन् । उनको यही सादगी आवरण हो, जुन अनेक शब्द र लयमा रूपान्तरण हुन्छ । यस्ता गायक जो पर्दामा आफूलाई लुकाउँछन् र आफ्ना स्वरको जादुले गीतलाई नै हिट बनाइदिन्छन् ।


हिसाब गर्ने हो भने, अहिलेसम्म प्रतापले दर्जन हाराहारी गीतमा स्वर भरी सकेका छन् । त्यसमध्ये पनि नेपाली चलचित्र प्रेम गीत – २ को “मोटसाईकलमा“, लिलिबिलि को “ Is It Love“ , अनुरागको “तिम्रो स्वरमा“, मौसम (झरी जस्तै),  बोलका गीतहरु चर्चामा रहेका छन् । त्यस बाहेक अन्य धेरै आधुनिक गीतहरुमा पनि प्रतापले आफ्नोे स्वर दिएका छन् ।

प्रतापका सबै गीतहरुलाई श्रोताहरुले अत्याधिक रुचाँएका छन् । हुन पनि साँच्चै , प्रपातको स्वरमा नै एक प्रकारको जादु शक्ति छ जसलाई सबैले निर्धक्कका साथ राम्रो, मिठो अनि मन छुने छ भनी सजिलै अनुमान लगाउन सकिन्छ ।

आगामी दिनहरुमा अझै धेरै प्रतापको स्वरमा सजिएका गीतहरु सुन्न पाउनेमा उहाँका श्रोता र दर्शकहरु उत्साहित छन् ।

प्रतिकृया दिनुहोस

बिबादिद ‘केदारनाथ’ को ट्रेलर आउट (भिडियो सहित)

  कार्तिक २७ बिबादै बिबादमा परेको बलिउड फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर रिलिज भएको छ । अभिनेता सैफ अली खानकी छोरी सारा अली खानले डेब्यु गरेको

छोरी साराको प्रेमीलाई सैफ अली खानले सोध्नेछन् यी तीन प्रश्न

   कात्तिक २६,   करण जोहर आफ्नो चर्चित च्याट शो ‘कफी विद करण’ को छैटौं सिजनसहित टिभीमा फिर्ता हुँदैछन् । जुसी गसिप र बलिउड स्टार्सको

यी हुन् वरुण धवनकी प्रेमिका, उनैसँग गर्दैछन् बिहे

  कात्तिक २६, २०७५ काठमाडौं — बलिउड अभिनेता वरुण धवन आफ्नो विद्यालय समयकी साथी नताशा दलालसँग डेटिङ गरिरहेका छन् । कफी विद करण टीभी शोमा उनले