कर्मचारीको विदेश भ्रमणबारे प्रधानमन्त्रीको चासो, विदेश भ्रमणको विवरण तीन दिन भित्र पठाउन पत्राचार 

काठमाडौं, २० असार-  कर्मचारीको विदेश भ्रमण मा प्रधानमन्त्रीले चासो देखाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयले २०७५ वैशाख १ गतेदेखि हाल सम्मको विदेशभ्रमण को विवरण तीन दिन भित्र पठाउन मन्त्रालयहरूलाई पत्राचार गरेको छ।

सचिवालयले पठाएको पत्रमा विदेश भ्रमण गरिएको देश, मिति, कर्मचारीको संख्यासहित भ्रमणको प्रयोजन तथा कार्यक्रम र त्यसमा भएको खर्च लगायत विवरण पठाउन निर्देशन दिइएको छ।

पहिलो चरण अर्न्तर्गत सबै भन्दाबढी विदेश भ्रमण हुने आधा दर्जन भन्दाबढी मन्त्रालयहरूमा पत्राचार गरिएको छ, जसमा स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्यत था आपुर्ति, कृषि, भूमिव्यवस्था तथा सहकारी, खानेपानी, ऊर्जा, जलस्रोततथा सिचाइँ मन्त्रालय लगायत छन्। 

सरकारी पदाधिकारी को वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५लाई प्रभावकारी कार्यान्वयन गराउन विवरण माग गरिएको प्रधानमन्त्री को निजी सचिवालयका शाखा अधिकृत विवेक घिमिरेले जानकारी गराए।

प्रतिकृया दिनुहोस

न्याय सेवामा १३०० दरबन्दी थपिँदै

असोज ७, २०७५ काठमाडौँ लामो समयदेखि जनशक्ति अभाव झेल्दै आएको न्याय सेवामा एकैपटक एक एकहजार ३३९ जनशक्ति थप हुने भएका छन् ।  आजको गोरखापत्र

प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई

असोज ७, २०७५  काठमाडौं सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने

शशांकले उद्घोष गरे – अबको कांग्रेस नेतृत्व कोइराला परिवारबाटै 

२०७५ असोज ७ आइतबार बुटवल  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबी गरेका छन् ।