'बाबु कान्छा' युनिट चितवनमा 

असार २१, ड्रिम्स - 

असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । गीत संगीत र ट्रेलरबाट नै चर्चा पाएको ‘बाबु कान्छा’ टिम प्रचार प्रसारको लागि आज चितवन आईपुगेको छ । यसै क्रममा आजै चलचित्र बारे जानकारी गराउने उद्देश्यले चितवनको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा चलचित्रका नायक सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थिती रहेको थियो ।

 


पत्रकार सम्मेलनमा बोल्दै नायक सलोन बस्नेतले ‘बाबु कान्छा’ स-परिवार बसेर हेर्न सकिने चलचित्र बनेको बताए । चलचित्रमा आफु लगायत सबै कलाकारले निकै मेहेनतको साथ काम गरेकोले ‘बाबु कान्छा’ राम्रो बनेको सलोनको दाबी रहेको छ । यस्तै सलोनले चलचित्र चितवन, बिरगंज, लम्जुङ घले गाउ र काठमाण्डौमा छायांकन गरिएको पनि बताए । चलचित्रका निर्माता, निर्देशक सलोनका बुवा शोभित बस्नेत भने चलचित्रको काममा ब्यस्त रहेकोले चितवन आउन नपाएकोमा सलोनले पत्रकारहरु सँग माफि मागेका छन् । चलचित्रको टिजर र ट्रेलरमा १७ बर्ष अघीको सलोन बस्नेतलाई देखाईएको कारण पनि उनले खुलाएका छन् । सानोले आफुले धेरै चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेको र त्यही मध्यको ‘नेपाली बाबु’ को बाल कलाकारको छोटो भूमिका राखिएको सलोनले बताएका छन् । ‘बाल कलाकारको रुपमा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखिएको हो – सलोनले भने । यस्तै सलोनले चलचित्रमा ७० लाखको लगानी लागेको पनि बताएका छन् ।

 

उता चलचित्रकी नायिका करिश्मा श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका एक सामान्य युवतिको रहेको बताईन । ‘चलचित्रमा म एक सामान्य युवतिको रुपमा प्रस्तुत भएकी छु, जो जीवनमा केही गर्न चाहन्छिन’ – करिश्माले भनिन् । चलचित्र ‘लभ सब’ बाट रजट पतमा भित्रिएकी करिश्माको लागि ‘बाबु कान्छा’ दोस्रो चलचित्र हो । ‘लभ सब’ मा संयम पुरिको अपोजिटमा देखिएकी करिश्मा ‘बाबु कान्छा’ मा भने आफ्नो रियल जोडी सलोन बस्नेतको अपोजित रोलमा देखिएकी छिन् । पहिलो चलचित्र पछी लामो समय सम्म चलचित्रमा नदेखिएकी करिश्माले यो चलचित्रमा भने निर्माता तथा निर्देशक शोभित बस्नेतले अफर गरेको कारण काम गरेको प्रष्ट पारीन ।

 


चलचित्रका सह निर्माता सरोज घिमिरेले ‘बाबु कान्छा’ राम्रो बनेको र दर्शकहरुले मन पराईदिनुहुनेमा आफु विश्वस्त रहेको बताए । चलचित्रका कार्यकारी निर्माता रबी अधिकारीले मल्टीप्लेक्समा चलचित्रले राम्रो ब्यापार गर्ने बताए । साथै उनले व्यस्तताका कारण अन्य कलाकारहरु चितवन आउन नपाएको समेत जानकारी गराएका छन् ।

 


शोभित बस्नेतको निर्माण रहेको चलचित्रमा शोभित बस्नेतकै निर्देशन रहेको छ । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको छ भने रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस

छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा आउने

काठमाडाँै, ६ असोज  चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण

१ करोड ९० लाख पाउन्डमा बिक्रीमा थियो किमको यस्तो टेप

 २०७५ असोज ५ शुक्रबारतस्विर : वेब काठमाडौं  रियालिटी टिभीस्टार तथा मोडल किम कार्दशियन विश्वभरका सञ्चारमाध्यममा खुबै चर्चाको विषय बन्ने गरेकी

दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’

काठमाडौँ, ४ असोज ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान