ड्रिम्स एफएम र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक टाईम सुरु

ड्रिम्स, असार २२ -

 

ड्रिम्स एफएम ८९.८ मेगाहर्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा ट्राफिक सचेतनामुलक रेडियो कार्यक्रमको शुक्रबारबाट शुभारम्भ गरिएको छ । शुक्रवार भरतपुरको मालपोत चोकमा ट्राफिक सचेतनामुलक सडक कार्यक्रम गर्दै शुभारम्भ गरिएको हो ।  


कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहले सडक दुर्घट्नालाई न्यूनिकरण गर्न सबैले आ आप्mनो तर्फबाट सहकार्य गर्नुपर्नेमा जोड दिएका छन । अधिकांश  दुर्घट्ना सडकको अवस्था र चालकको लापार्वाहीका कारण हुनेगरेको भन्दै उनिहरुले यसलाई रोक्न आफै सचेत हुन आवश्यक रहेको आंैल्याएका छन । 


भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङ्वाले नियम मिचेर जरीवाना तिर्न तयार हुने केहि युवाहरुकै मानसिकतामा परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले सम्भावित जोखिम न्यूनिकरणका लागी कानुनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।  


नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सडक दुर्घटना न्यूनिकरणका लागि संचा।माध्यमको भूमिका महत्वपूर्ण हुने भएकोले समस्याको जरोसम्म पुगेर समाधान गर्नुपर्ने बताउनुभयो ।  दुर्घट्ना चेतनाकै कारण मात्रै नभई सडक संरचनाका कारण पनि जोखिम रहेको उहांँको भनाई थियो ।  


कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेद प्रसाद गौतमले दुई संस्थाबीचको यो सहकार्यले दर्घटना न्यूनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गनर्’भयो ।  ट्राफिक नियम अरु कसैलाई नभई आप्mनै लागी भएकाले सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । टा«फिक बर्दीसहितको प्रहरी भए पनि सवै नागरिक बर्दी विनाको प्रहरी भएकाले सवैले दुर्घट्ना न्यूनिकरणमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेरणा बोर्डीङका प्रिन्सीपल मोहन लामाले ट्राफिक सचेतनामुलक जानकारी स्कुल तहबाटै दिनुपर्ने बताउनुभयो ।  


कार्यक्रममा ट्राफिक नियमबारे सांकेतिक क्रियाकलाप पनि नाटकिय रुपमा देखाईएको थियो । ड्रिम्स एफएमका सदस्य र ट्राफिक प्रहरीले संयुक्त रुपमा मापसे गरेर सवारी चलाउने, हेलमेट नलगाउने र मोटरसाईकलमा ३ जना चढ्ने जस्ता ट्राफिक नियम उंलघन गर्नेलाई कार्वाहि गरेर देखाईएको थियो । काल्पनीक पात्रलाई कसैलाई कार्वाहि गरीएको थियो भने कसैलाई सम्झाई बुझाई छाडिएको थियो । 


ट्राफिक सचेतनामुलक ट्राफिक टाइम कार्यक्रम हरेक शुक्रवार विहान ८ बजेदेखि साढे ८ बजेसम्म प्रसारण हुनेछ । कार्यक्रममा ट्राफिक सन्देश, ट्राफिक गतिविधि, ट्राफिक नियम, सरोकारवालापक्षसँगको अन्र्तर्वाता,  लगायत दुर्घटनाका जोखिम तथा चेतावनीमुलक समाचार सामाग्री प्रसारण हुनेछ । कार्यक्रम ड्रिम्स ईन्टरटेनमेन्ट मिडिया ग्रुपका निर्देशक मनोज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

लमही, ७ असोज  साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

असोज ७, २०७५  नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई

चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी

असोज ७, २०७५  रसुवा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन