युरोपेली संघबाट वहिर्गमनसम्बन्धी वार्ताको जिम्मेवारी पाएका बेलायती मन्त्रीको राजीनामा

लन्डन, असार २५ । युरोपेली संघबाट बेलायतको वहिर्गमनसम्बन्धी वार्ताको जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री टेरिजा मेको मन्त्रिपरिषद्ले युरोपेली संघसँगको भावी व्यापार सम्बन्धबारेको नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि मन्त्री डेभिसले राजीनामा दिएका हुन् । आफूले चाहेकोभन्दा फरक ढंगले प्रधानमन्त्रीले युरोपेली युनियनसँगको भावी सम्बन्धबारे मन्त्रिपरिषद्मा सहमति जुटाएपछि उनले पदबाट राजीनामा दिएको बताइएको छ ।

उनको राजीनामालाई प्रधानमन्त्री मेका लागि एउटा ठूलो धक्काको रुपमा लिइएको छ । मन्त्री डेभिसले ब्रेक्जिट वार्ताहरूमा प्रधानमन्त्री मेको अडानलाई लिएर धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए ।

युरोपेली युनियनसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी मन्त्री नियुक्त भएका थिए ।

युरोपेली संघबाट बेलायत अलग हुनुपर्ने पक्षधर मानिने कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले डेभिसको राजीनामालाई एउटा सम्मानजनक र साहसिक निर्णय भन्दै प्रशंसा गरेका छन् । उनले डेभिसले सही काम गरेको टिप्पणी गर्दै बहिर्गमनबारे प्रधानमन्त्रीको नाममात्रको प्रस्ताव स्वीकार्य नहुने बताए ।

लेबर पार्टीका प्रमुख इयान लेभरीले भने अहिले भद्रगोलको अवस्था आएको र प्रधानमन्त्री मेसँग अब कुनै सामथ्र्य बाँकी नरहेको बताए । (एजेन्सी)

प्रतिकृया दिनुहोस

रोल्स रोयसले बनायो उड्ने ट्याक्सी, पाँचजना चढ्न मिल्छ

साउन १, २०७५ काठमाडौं – कार कम्पनी रोल्स रोयसले ४०० किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने ट्याक्सी बनाएको छ । सन् २०२० भन्दा अघि यसलाई बजारमा ल्याउने

नवाज शरीफले दिए अदालतको फैसलालाई चुनौती

साउन १, २०७५ काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले भ्रष्टाचारको मुद्दामा अदालतले आफूविरुद्धको फैसलालाई चुनौती दिँदै त्यसलाई

इन्डोनेसियामा एक मानिसलाई मारेपछि २९२ गोहीको हत्या

साउन १, २०७५ काठमाडौं – इन्डोनेसियामा गोहीको आक्रमणमा एक व्यक्ति मारिएपछि त्यसको बदला लिन मानिसहरूले २९२ गोही मारिदिएका छन् । देशको