नर्सिङ शिक्षामा शुल्क बृद्धी, संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र

असार २५, २०७५

 निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गरेका छन् । नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गरेका हुन् । 
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समितिले सिफारिस गरेको डेढ महिनासम्म प्रतिवेदन नबुझेका मन्त्री पोखरेलले भर्ना खोले लगत्तै प्रतिवेदन बुझेर शुल्क वृद्धी गर्न लागेका हुन् । 

शिक्षा विभागका निर्देशक दीपक शर्माको संयोजकत्वमा गत बैशाखमा गठित समितिले जेठमा प्रतिवेदन तयार गरेको थियो ।

समितिले पटक पटक आग्रह गर्दा समेत समय नभएको भन्दै वेवास्ता गरेएका मन्त्री पोखरेलले भर्ना खुले लगतै असार १९ गते प्रतिवेदन बुझेका थिए  । नौ सदस्यीय समितिमा रहेका अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघले विद्यार्थीलाई थप भार पर्ने जनाउदै नोट अफ डिसेन्ट लेखेका थिए ।

संविधानको धारा ३१ को उपधारा २ बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हक हुनेछ भन्ने उल्लेख गरे अनुसार संविधानको शिक्षा सम्बन्धी भावना र मर्मलाई आत्मसात गर्दै थप शुल्कको भार राज्यले नै बेहोर्नुपर्ने जनाउदै प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका थिए ।

दुवै अभिभावक संघले अहिलेको अवस्थामा शुल्क वृद्धी गर्न नहुने राय दिएका थिए । राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटा र अभिभावक संघ नेपालका पुर्व अध्यक्ष शुप्रभात भण्डारीले भर्ना खुलिसकेको अवस्थामा शुल्क वृद्धी गर्न नहुने बताएका थिए । 
अन्तिम समयमा आएर शुल्क वृद्धी गर्नुको आसय आर्थिक चलखेल नै हो–स्रोतले भन्यो । निजी संचालकले मन्त्रालयमै गएर शुल्क वृद्धी गर्न दवाव दिएका छन् । समितिका एक सदस्यले ढिलो प्रतिवेदन बुझ्नुको आसय शुल्क वृद्धीसंगै आर्थिक चलखेल जोडिएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं १ साउन । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर

प्राविधिक शिक्षाको आकर्षण बढ्दो

चितवन, २४ असार छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै

नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

बिहिबार, आषाढ १४, २०७५    व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ ।कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत