विश्वकपमा पराजयसँगै स्पेनका प्रशिक्षकले दिए राजीनामा

असार २५, २०७५

रुसमा जारी विश्वकपबाट स्पेन बाहिरिएसँगै प्रशिक्षकको भूमिकामा रहेका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका छन् । सन् २०१० को विश्व विजेता स्पेन घर फर्किएपछि हिइरोले राजीनामा दिएका हुन् । 

स्पेन रुस विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । उसलाई घरेलु टोली रुसले अन्तिम १६ को खेलमा टाइब्रेकरमा निराश पारेको थियो ।

हिइरो विश्वकप शुरु हुनुभन्दा एक दिनअघि मात्रै स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि उनी स्पेनिस टिमको स्पोर्टिङ्ग डाइरेक्टर थिए ।

तत्कालीन प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त भएपछि हिइरोलाई स्पेनिस फुटबल फेडेरेशनले अस्थायी प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । लोकान्तर संवाददाता

 

प्रतिकृया दिनुहोस

सन्दीप लामिछाने र सोमपाल कामी पिएसएलको ड्राफ्टमा

     २०७५ कार्तिक २६ सोमबार   काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार दुई खेलाडीहरु सन्दीप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर

चोटबाट मेस्सी फर्के, दुई गोल गरे 

   २०७५ कार्तिक २६ सोमबार तस्वीर – एजेन्सी काठमाडौं । चोटका कारण तीन साता मैदानबाहिर रहेका स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनेल

म्यानचेस्टर डर्बीमा सिटीले बाजी मार्यो, यस्तो छ अरु नतिजा

  २०७५ कार्तिक २६तस्वीर – एजेन्सी काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीको खेलमा सिटीले युनाइटेडलाई हराएको छ ।