जोनसोन कम्पनीले तिर्नुपर्ने भयो पाँच खर्ब रुपैयाँ, बेबी पाउडरले क्यान्सर गराएको दाबी

 

काठमाडौं – जोनसोन बेबी पाउडरका कारण गर्भाशयको क्यान्सर भएको २२ महिलाको दाबीलाई सही ठह–याउँदै अदालतले कम्पनीलाई पाँच खर्ब रुपैयाँ तिराउने आदेश दिएको छ । 

अमेरिकाको मिसूरीस्थित सेन्ट लुइस अदालतको जुरीले ठूलो फर्मासुटिकल जोनसोन एन्ड जोनसोन कम्पनीमाथि क्षतिपूर्तिको आदेश दिएको हो । 

जोनसोनको बेबी पाउडरका विरुद्ध नौ हजारवटा मुद्दा दर्ता गरिएका छन् । कम्पनीले आदेशमाथि गहिरो निराशा व्यक्त गर्दै अपील गर्ने बताएको छ । ६ हप्ता चलेको पुर्पक्षमा महिला र उनीहरूको परिवारले बेबी पाउडर तथा अन्य टाल्क उत्पादनहरू दशकौंसम्म प्रयोग गर्दा गर्भाशयको क्यान्सर भएको दाबी गरे । 

टाल्क पाउडरमा आस्बेस्तोस नामक पदार्थ रहेको कम्पनीलाई थाहा भएको तर प्रयोगकर्तहरूलाई यसको जोखिमका बारेमा नबताएको महिलाका वकिलहरूले आरोप लगाए ।
जोनसोन एन्ड जोनसोनले आफ्ना उत्पादनमा आस्बेस्टोस नभएको र त्यसबाट क्यान्सर नहुने भनी अडान लिएको छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

बच्चा जन्माउन साइकल चलाएर अस्पताल पुगिन् मन्त्री !

सोमबार, ०४ भदौ   अाफ्नाे पहिलाे बच्चालाई जन्म दिन न्युजिल्यान्डकी एक महिला मन्त्री अाफैं साइकल चलाएर अस्पातल पुगेकी छिन् । न्युजिल्यान्डकाे

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० जनाको मृत्यु

सोमबार, ०४ भदौ   इन्डोनेसिया   इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको

पादरीहरूले नर्कको डर देखाएर हजारभन्दा बढी बालबालिकाको गरे बलात्कार

भदौ ४, २०७५ काठमाडौं – अमेरिकाको पेन्सिल्भेनियामा रोमन क्याथोलिक पादरीहरूले नर्कको डर देखाएर एक हजारभन्दा बढी बालबालिकालाई यौन शोषण र बलात्कार