‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक

काठमाडौँ, २२ साउन 

सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीति भिडियो बजारमा आएको छ । चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहनुभएकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गर्नुभयो । विमोचनपछि उहाँले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर भएको बताउनुभयो । 

मुलुकको विकास निर्माणमा महिलाले धेरै योगदान दिन सक्छन् भन्ने सन्देश रहेको उक्त भिडियोमा भुवन चन्द, चैत्यदेवी, वसुन्धरा भुसाललगायत कलाकारले अभिनय गर्नुभएको छ । दीपक शर्माको संगीत रहेको गीति भिडियोलाई वीरेन्द्र भाटले छायाङ्कन गर्नुभएको हो ।    रासस

प्रतिकृया दिनुहोस

दशैं तिहारको मर्मस्पर्शी गीत 'परदेशी' बजारमा (भिडियो सहित)

असोज २९ -      दशैं तिहारको मर्मस्पर्शी गीत 'परदेशी' सार्वजनिक भएको छ । करुणा रिजाल श्रेष्ठको प्रस्तुती तथा राजु श्रेष्ठको आवाज रहेको गीत

कलाकारले कसरी मनाउँदैछन् दशैं ? यस्तो छ दशैं योजना

असोज २७, २०७५ काठमाडौँ  सबै नेपालीले हर्षोल्लासका साथ बडादसैं मनाउने योजना बनाइरहेका छन् । कोही किनमेलमा ब्यस्त छन् भने कोही कतै घुम्न जाने

'ए मेरो हजुर ३' को फर्स्ट लुक पोष्टर रिलिज

असोज २६, ड्रिम्स -      अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशन रहने चलचित्र 'ए मेरो हजुर ३' को छायांकन सुरु भएको छ । अहिलेका स्टार अनमोल