बिमस्टेक सम्मेलनका लागि बुलेटप्रुफ गाडी र जामर भाडामा ल्याउने तयारी

 

काठमाडौं २३ साउन

 गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेटप्रुफ गाडी र जामर भाडामा ल्याउने भएको छ ।सुरक्षा निकायहरुसँग भएका साधनस्रोत समेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी भइरहेको सम्मेलन व्यवस्थापन बैठकमा सहभागी एक सदस्यले बताए ।

यसका लागि परराष्ट्र मन्त्रालयलाई प्रक्रिया थाल्न पनि अर्थ मन्त्रालयले आग्रह गरिसकेको छ ।प्रहरीसँग २ वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । तर नियमित रुपमा सञ्चालनमा नरहेका कारण आपतकालिन अवस्थामा समस्या पर्न सक्ने जानकारी प्रहरीले गराइसकेको छ ।

यस्तै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग पनि १/१ वटा बुलेटप्रुफ सवारी छन् । सेना र सशस्त्रसँग भएका बुलेटप्रुफ सवारी पनि सम्मेलनमा प्रयोग गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयले गरेको छ । –कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस

सरकारको लक्ष्य समृद्धि र विकाश  मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

चितवन, ५ माघ  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप  सभापति देउवा

कास्की, ५ माघ  नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा