ट्रक र बस एकापसमा ठोक्किँदा चितवनमा चार जनाको मृत्यु, सत्रजना घाइते

बुधबार, २३ साउनट्रक र बस एकापसमा ठोक्किँदा चितवनमा चार जनाको मृत्यु, सत्रजना घाइते

चितवन

 गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । मृतक चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

चितवनमा बीमा गराउने भन्दा माग दाबी बढी

चितवन, ४ भदौ  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

काठमाडौँ, ४ भदौ रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग

पूर्वराजदूत झा मृत फेला

काठमाडौँ, ४ भदौ  फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा