चितवनमा देखिए मिस्टर भर्जिनरहरु 


सुशिल पन्त, श्रावण २३, ड्रिम्स –

भाद्र्र १ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र “मिस्टर भर्जिन” मोफसल प्रचार प्रसारको क्रममा आज चितवन आईपुगेको छ । चलचित्रको कलाकार र निर्माण पक्ष सहित चितवन आएको टोलीले चितवनमा पत्रकार सम्मेलन गरेको छ। चलचित्र बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता गौरभ पहाडीले “मिस्टर भर्जिन” एउटा यौन मनोबिज्ञानमा आधारित चलचित्र भएको बताएका छन् । चलचित्रको नाम “मिस्टर भर्जिन” भएकै कारण कसैले पनि नाक खुम्च्याउन नपर्ने गौरभले बताए । सधैं फरक जनराको चलचित्र गर्दै आएको आफुले “मिस्टर भर्जिन” मा पनि फरक भूमिका निर्वाह गरेको गौरभको भनाई रहेको छ । यौन मनोबिज्ञानमा आधारित रहेर पहिलो चोटि नेपालमा सेक्स कमेडी बेसको फिल्म बनेको गौरभले बताए । यस्तै उनले फिल्मको ट्रेलर हेरेर गाली गर्नेहरुको फिल्म हेरेपछी भने मन बदलिने समेत बताए । 

 

चलचित्रकी अभिनेत्री मरिस्का पोख्रेलले “मिस्टर भर्जिन” मा आफुले एउटा कल गर्लको भूमिका निर्वाह गरेको बताईन । फिल्ममा कल गर्लको भूमिकालाई न्याय दिन आफुले कल गर्लहरुको जीवन र दैनिकी बारे पनि लामो अध्ययन गरेको मरिस्काले बताईन । फिल्मका लागि प्रस्ताब आउँदा सुरुमा के सोच्नु भएको थियो भन्ने प्रश्नमा मरिस्काले नामलाई नै लिएर आफुलाई केही आपत्ति नभएको बताईन । निर्माण पक्ष सँगको पहिलो छलफलमा नै उहाँहरुले फिल्मको नाम “मिस्टर भर्जिन” न हो, तपाई काम गर्नु हुन्छ कि हुन्न भनेर सोध्नु भयो, पछी थाहा पाए म भन्दा अघी केही कलाकारहरुले नामलाई लिएर फिल्म गर्न अस्विकार गर्नु भएको रहेछ, त्यसैले मलाई सुरुमै फिल्मको नाम सुनाएर मेरो मनसाय बुझ्न खोज्नु भएको रहेछ – मरिस्काले भनिन् । यस्तै मरिस्काले अघी थपिन मलाई नाममा केही आपत्ति थिएन, पछी कथा सुन्दा झनै मैले यो फिल्म गर्नु पर्छ जस्तो लाग्यो त्यसैले फिल्ममा काम गर्न राजी भए ।

 

उता खुपिका बा नामले चर्चित कलाकार कमल मणी नेपालले फिल्मले दिन खोजेको कन्टेन्ट निकै राम्रो भएको कारण आफुले फिल्ममा काम गरेको बताए । म यसै त फरक फरक जनराको फिल्ममा काम गर्न रुचाउने मान्छे त्यही माथि यौन मनोबिज्ञानमा आधारित भएर पहिलो चोटि नेपालमा यस्तो फिल्म बन्न लागेको, काम नगरने त कुरै भएन । साथै उनले फिल्ममा रहेको दोहोरो अर्थ लाग्ने सम्बाद कथाको माग अनुसारनै राखिएको र त्यही सम्बादलाई ट्रेलर हेर्ने दर्शकहरुले निकै मन पराउनु भएकोमा खुशी लागेको बताए । 

 

चलचित्रका निर्माता प्रजापती सिवाकोटीले “मिस्टर भर्जिन” एउटा राम्रो चलचित्र बनेकोले हलमा गएर फिल्म हेर्न सबैलाई आग्रह गरे । यस्तै उनले फिल्म नहेरी कमेन्ट गर्ने भन्दा पनि हेरेर मात्र कमेन्ट गर्न सबैलाई आग्रह गरेका छन् । फिल्मको प्रचारको लागि सार्वजनिक गरिएको गीत र ट्रेलरबाट निकै राम्रो प्रतिकृया पाएकोले दर्शकहरुले फिल्म मनपराउनेमा आफु विश्वस्त रहेको बताए । भाद्र १ गतेबाट प्रदर्शन हुने चलचित्रलाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीले निर्माण गरेका हुन् भने बिसारद बन्सेतले निर्देशन गरेका हुन् । भाद्र १ गते “मिस्टर भर्जिन” सँगै  “ब्ल्याक” “जय शम्भु” जस्ता बहुप्रतिक्षित चलचित्रहरु पनि एकै साथ प्रदर्शन हुँदैछन ।
 

प्रतिकृया दिनुहोस

समिक्षा बनिन् 'फेस अफ सिटी २०१८'

सुशिल पन्त, भाद्र ४, ड्रिम्स - समिक्षा थापा मगर 'फेस अफ सिटी २०१८' बन्न सफल भएकी छिन् । मुन मिडिया हाउसको आयोजनामा चितवन भरतपुरको कभर्ड हलमा सम्पन्न

प्रियंकाले गरिन् इन्गे‍जमेन्ट

   भदौ २, २०७५ चर्चित भारतीय अभिनेत्री प्रियंका चोपडाले अमेरिकी नागरिक निक जोनससँग इन्गे‍जमेन्ट गरेकी छन्। 'देशी गर्ल' को उपनामले चिनिने

रणवीर-दीपिकाको वैवाहिक मिति तय, ३० जना पाहुनालाई निम्ता!

साउन २९, २०७५ लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति तय भएको खबर आएको छ। लामो समयदेखि बलिउडमा