सीपीएलमा सन्दीप लामिछाने सहभागी टिम प्याट्रियट्सले शुक्रबार पहिलो खेल खेल्दै 

श्रावण २४ बिहीबार 

सीपीएलमा सन्दीप लामिछाने सहभागी टिम प्याट्रियट्सले शुक्रबार पहिलो खेल खेल्दै 

 

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा शुक्रबार आफ्नो पहिलो खेल खेल्दैछ । 

आज (बिहीबार) देखि सुरु भएको सीपीएलमा प्याट्रियट्सले आफ्नो पहिलो खेल गुयाना एमेजोन वारियर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका सन्दीप लामिछाने पनि प्याट्रियट्स क्लबमा आबद्ध छन् । सन्दीपले पहिलो खेलमै खेल्ने मौका धेरै रहेको छ ।

प्रोभिडेन्स रंगशालामा हुने खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । नेपालका युवा खेलाडी सन्दीपको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय लिगमा सहभागिता हो । यसअघि सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए । उनले दिल्लीबाट ३ खेल खेल्दै ५ विकेट लिएका थिए ।

त्यस्तै, सन्दीपले ग्लोबल क्यानेडियन लिग क्रिकेटमा पनि खेल्ने अवसर पाएका थिए । एकपछि अर्को लिग तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप यो सीपीएलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन् । सन्दीप रहेको प्याट्रियट्स क्लबमा विश्वकीर्तिमान धारी ब्याट्सम्यानदेखि चर्चित खेलाडीहरू रहेका छन् । विष्फोटक ब्याट्सम्यान क्रिस गेल जस्ता खेलाडी सन्दीपकै टिममा छन् ।एजेन्सी

प्रतिकृया दिनुहोस

अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल

सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन  क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट

मेस्सीको गोलमा बोका लड्यो

२०७५ श्रावण ३१ बिहिबारतस्वीर – एजेन्सी काठमाडौं । प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनिश क्लव बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले