महन्त ठाकुरलाई भेट दिएनन प्रधानमन्त्री ओलीले

काठमाडौं २५ साउन

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्रीसँग चिढिएका छन्। उनले गत मंगलबार प्रधानमन्त्रीलाई भेटर सरकारले आफूलाई बेवास्ता गरेको, माग सुनवाइ नगरेको गुनासो पोखेका थिए।महन्थले सोमबार नै प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए। सोमवार प्रधानमन्त्रीले समय नदिएपछि मंगलबार प्रधानमन्त्रीलाई भेट्न एक्लै प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए। मंगलबार केहीबेर उनले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

त्यसको भोलिपल्ट उनले अध्यक्षमण्डलको बैठक बोलाएका थिए। बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो।

बैठकपछि बुधवार नै अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्रीलाई भेटी आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए। यसका लागि उनीहरूले प्रधानमन्त्रीसँग समय पनि मागेका थिए तर प्रधानमन्त्रीले बुधबार समय दिएनन्। बिहीबार समय दिने आश्वासन प्रधानमन्त्रीका सहयोगीले नेताहरूलाई दिएका थिए तर बिहीबार पनि उनले समय दिएनन्।

शनिबार मात्र प्रधानमन्त्रीले समय दिने आश्वासन दिएको राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए । उनले भने, ‘प्रधानमन्त्रीको सचिबालयले शनीवार समय दिने जनाएको छ । संयोजक ज्यु (ठाकुर)ले त आजै (बिहीबार )नै प्रधानमन्त्रीलाई भेट्न खोज्नुभएको थियो। ’ शनीवार पनि प्रधानमन्त्रीलाई भेट्ने,नभेट्ने निश्चित नभएको उनले गुनासो पोखे।

प्रतिकृया दिनुहोस

सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

काठमाडौं ५ कार्तिक नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले

१० राजदूत नियुक्तिका लागि उम्मेदवारको ‘रोस्टर’ तयार पारिँदै

काठमाडौं ५ कार्तिक सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि रिक्त चार र खाली हुन लागेका ६ कूटनीतिक नियोगमा

‘सरकारको समीक्षा आवश्यक’

काठमाडौँ, १ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय