मुख्यमन्त्री छक्याउँदै प्रमुख सचिव साटफेर

साउन २५, २०७५

काठमाडौं– प्रदेश नम्बर १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला । तीन महिना नपुग्दै गत बैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्यो । त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो । प्रधानपनि तीन महिना नपुग्दै गत साता सरुवा भए । मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायममुकायम मात्रै हुन् । प्रदेश सरकार बनेको ६ महिनामै तीन प्रमुख सचिव फेरिनु आफैंमा अनौंठो त थिदै थियो । मुख्यमन्त्री राईलाई जानकारी समेत दिइएको थिएन । आजको कान्तिपुर दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ । 
 

प्रतिकृया दिनुहोस

सरकारको लक्ष्य समृद्धि र विकाश  मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

चितवन, ५ माघ  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप  सभापति देउवा

कास्की, ५ माघ  नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा