भक्तहरूले दान दिएको पैसाले जेट विमान किनेर विलासी जीवन बिताउने भिक्षुलाई कारावास सजाय

साउन २५, २०७५

काठमाडौं – थाइल्यान्डको एक अदालतले अमेरिकाबाट सुपुर्दगी भएको एक वर्षपछि एक पूर्व बौद्ध भिक्षुलाई ११४ वर्षको कारावास सजाय दिएको छ । विराफोन सुकफोन नामक पूर्वभिक्षुले सन् २०१३ मा निजी जेटमा डिजाइनर कालो चश्मा र लुई भुइटोनको ब्याग बोकेको तस्वीर सार्वजनिक भएपछि विवाद उठेको थियो । 

विवाद आएपछि ३९ वर्षीय सुकफोन अमेरिका भागेका थिए । नाबालिकामाथि बलात्कार र भक्तहरूको दानमा चलखेल गरेको आरोपलाई उनलाई अमेरिकाबाट झिकाइएको थियो । दान दिनेहरूले संसारको सबभन्दा ठूलो बौद्ध प्रतिमा बनाउनका लागि उसलाई धन दिएका थिए । उसले त्यही पैसाले विलासी गाडीहरू किनेको अनि अनेकौं बैंक खातामा सात लाख डलर धनराशि जम्मा गरेको थियो । 

बैंककको एक अदालतका अधिकारीले सुकफोनलाई सम्पत्ति शुद्धीकरण, ठगी अनि अन्लाइन चन्दा संकलन गरेकाले साइबर क्राइम ऐन उल्लंघनको दोषी पाइएको बताए । 

ती अधिकारीले भने, ‘न्यायाधीशहरूले उनलाई दोषी ठह¥याए र ११४ वर्षको कारावास सजाय सुनाए ।’सुकफोनले २९ दाताको आठ लाख ६१ हजार ७०० डलर पनि फर्काउनुपर्ने हुन्छ । एक सरकारी अभियोजनकर्ताले बताएअनुसार, बलात्कारको मुद्दामा अक्टोबरमा फैसला आउने सम्भावना छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै