इन्डोनेसिया भूकम्पमा मर्नेको संख्या १६४ पुग्यो

साउन २५, २०७५

काठमाडौं – इन्डोनेसियाको लोम्बोक टापुमा आएको ६.९ म्याग्निच्युडको भूकम्पमा मर्नेको संख्या १६४ पुगेको छ । यो प्राकृतिक विपतका कारण लगभग एक लाख ५६ हजार मानिस विस्थापित भएका छन् । अधिकारीहरूले विस्थापितहरूका लागि तत्कालै औषधि, खाद्यपदार्थ र स्वच्छ पानी उपलब्ध गराउन अपील गरेका छन् । 

डराएका गाउँलेहरू सडकको किनारमा टेन्ट गाडेर अनि धानखेतमा बसिरहेका छन् । घाइतेको उपचारका लागि अस्थायी शिविरहरू बनाइएको छ । 

राष्ट्रिय विपत निकायका प्रवक्ता सुतोपो पुर्वो नुगरोहोले भने, ‘भूकम्पबाट मर्नेको संख्या १६४ पुगेको छ । चौधसय मानिस घाइते भएका छन् र एक लाख ५६ हजारजना विस्थापित भएका छन् ।’
एजेन्सी

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै