इरानले उत्तर कोरियालाई भन्यो, अमेरिका विश्वासयोग्य छैन

साउन २५, २०७५

काठमाडौं – इरानका राष्ट्रपति हसन रूहानीले उत्तर कोरियाका परराष्ट्रमन्त्रीलाई अमेरिका विश्वासयोग्य नभएको बताएका छन् । सन् २०१५ को परमाणु सन्धिबाट अमेरिका अलग्गिएपछि इरानमा नयाँ प्रतिबन्ध लगाइएको हो । अमेरिका आणविक निःशस्त्रीकरणका लागि नै उत्तर कोरियासँग कुराकानी गरिहरेको छ । 

यसअघि इरानले वाशिङटनका तर्फबाट आएको कुराकानी प्रस्ताव लत्याएको थियो । ट्रम्प प्रशासन आणविक सम्झौताबाट बाहिरिएपछि कुराकानी गर्न नसकिने उसको भनाइ छ ।

उत्तर कोरियाका परराष्ट्रमन्त्री री योङ होले अमेरिकाद्वारा इरानमा नयाँ प्रतिबन्ध लगाएपछि तेहरान यात्रा गरेका हुन् । 
इरानको इस्लामिक गणतन्त्र समाचार संस्थाका अनुसार, रूहानीले रीलाई भने, ‘हालैका वर्षमा अमेरिकी प्रशासनको प्रदर्शनले उक्त देशलाई संसारको नजरमा अविश्वसनीय बनाएको छ । ऊ आफ्ना कुनै पनि दायित्व पूरा गर्दैन ।’

इरानको समाचार संस्थाका अनुसार, उत्तर कोरियाका परराष्ट्रमन्त्रीले पनि आणविक सन्धिबाट अमेरिका अलग्गिनु अन्तर्राष्ट्रिय नियम र कानूनको उल्लंघन भएको बताएका छन् ।

एजेन्सी

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै