जिल्लाव्यापी गोलकप प्रतियोगिता

भक्तपुर, २५ साउन

 भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि आदर्श जनप्रेमी मावि कौशलटारले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कूललाई टाइबेकरमा ३–१ गोल अन्तरले हराउँदै जनप्रेमीले उपाधि हात पारेको हो । 

प्रतियोगितामा प्रेशियस स्कूल बालकोटले क्याण्डिड इन्टरनेशनल स्कूललाई १–० को गोल अन्तरले हराउँदै प्रतियोगितामा क्रमशः तेस्रो र चौथो भएका छन् । भक्तपुरको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाको सहयोगमा युवाका साथ आवाज नामक संस्थाले गत मंगलबारदेखि आयोजना गरी आज सम्पन्न प्रतियोगितामा जिल्लाका ३२ विद्यालयको सहभागिता रहेको थियो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई प्रदेश नं ३ का प्रदेश सदस्य शशिजंग थापाले नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजारसहित पदक तथा शिल्ड प्रदान गर्नुभयो । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पदक प्रदान गरियो । 

कार्यक्रममा प्रदेश सदस्य थापाले खेलकूदको विकासले मात्र अन्तर्राष्ट्रियरुपमा नेपालको परिचय र गौरव स्थापित हुन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा ध्यान बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतिभाशाली खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्दै क्रिकेटमा जस्तै फूटबलमा पनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने बताउनुभयो । (रासस)

प्रतिकृया दिनुहोस

उपाधि जित्न नेपाललाई १२२ रनको लक्ष्य

काठमाडाँै, ५ माघ थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल