शव फेला

खजुरा, बाँके, २५ साउन

बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो । 

भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भई आत्मसमर्पण गरेका छन् । (रासस)

प्रतिकृया दिनुहोस

पार्क पसे ढिकी, जाँतो र कोल

कात्तिक ५, २०७५  गोरखा  ढिकीमा धान अनि जाँतोमा कोदो, मकै, चामल, गहुँ र जौ पिस्ने गरिन्थ्यो– १० वर्ष अघिसम्म । तोरी र तिल कोलमा हालेर तेल

वनको कार्यक्षेत्र खुम्चियो

कात्तिक ५, २०७५  काठमाडौं - जिम्मेवारी जिल्लाभरिकै वन हेर्ने तर कार्यक्षेत्र जम्मा ५ वटा वडा । सुन्दा अनौठो लाग्न सक्छ । डिभिजन वन कार्यालय, मनाङ भने

धान भित्र्याउन कृषक व्यस्त

सोमबार, ०५ कार्तिक   भक्तपुर  दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने