नेपालले दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौँ, २५ साउन 

 एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण लिइरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ । थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ ९एन्फा०ले जनाएको छ । यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । 

बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो । ‘एशियन गेम्स’ र साफ च्याम्पियनसिपका लागि नेपाली टोली १० दिने विशेष प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेको छ । 

यही साउन २९ देखि हुने एशियाली खेलकूदका लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इण्डोनेसिया जानेछ । एशियाली खेलकूदको समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ । दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ । 

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् । 

यस्तै मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।    रासस

प्रतिकृया दिनुहोस

अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल

सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन  क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट

मेस्सीको गोलमा बोका लड्यो

२०७५ श्रावण ३१ बिहिबारतस्वीर – एजेन्सी काठमाडौं । प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनिश क्लव बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले