क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, २५ साउन

 बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउनुहुन्छ । 

नेपालगञ्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण दुर्गन्धित बनेको र फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी भएका छन् । 

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो” जेलर लामिछानेको भनाइ छ । 

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ । अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम शुरु गरिएको छ । 

नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुबै कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ । १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो ।  (रासस)

प्रतिकृया दिनुहोस

जवानी चल्यो जात चलेन, दलित भएकै कारण सुत्केरी श्रीमती छोडेर श्रीमान बेपत्ता

जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् । श्रीमतीले छोरी जन्माएको डेढ महिनामा

दोष कस्को ?

– पवित्रा दाश  मैले मेरो श्रीमतीलाई साथी जस्तै गर्दथे । हामी जहाँ जादा पनि सँगै जाने गर्दथ्यौ । उनी पनि मलाई धेरै माया गर्दथिन् । म पनि उनलाई धेरै

नि शुल्क स्वास्थ्य शिविर सम्पन्न 

माघ–०६ चितवन, ड्रिम्स् लियो क्लब अफ नारायणगढको आयोजनामा शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित लोटस बोर्डिङ स्कूलमा नि शुल्क स्वास्थ्य