श्रीमतीको हत्या गरि शेषले गरे प्रहरीसमक्ष आत्मसमर्पण, भन्छन्– उनको आचरणमाथि शंका लागेर मारेँ

शुक्रबार, २५ साउन श्रीमतीको हत्या गरि शेषले गरे प्रहरीसमक्ष आत्मसमर्पण, भन्छन्–  उनको आचरणमाथि शंका लागेर मारेँ

बाँके

 बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो ।

भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भई आत्मसमर्पण गरेका छन् ।  (रासस)

प्रतिकृया दिनुहोस

चितवनमा बीमा गराउने भन्दा माग दाबी बढी

चितवन, ४ भदौ  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

काठमाडौँ, ४ भदौ रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग

पूर्वराजदूत झा मृत फेला

काठमाडौँ, ४ भदौ  फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा