राप्रपा अलग पहिचान बोकेको पार्टी हो  अध्यक्ष थापा

पोखरा, २५ साउन

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताउनुभयो । 

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उहाँले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गर्नुभयो । 
पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उहाँको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताउनुभयो । (रासस)

प्रतिकृया दिनुहोस

सरकारको लक्ष्य समृद्धि र विकाश  मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

चितवन, ५ माघ  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप  सभापति देउवा

कास्की, ५ माघ  नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा