बकुल्ला मारेको आरोपमा ८ जना पक्राउ

 साउन २९,चितवन

 जिल्ला प्रहरी कार्यालय चितवनले  बकुल्ला मारेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै सुनसरी जिल्लाका रहेका छन् । सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ वस्ने २० वर्षीय महमद मुसर्रफ, २३ वर्षीय महमद फिरा हुसेन, १८ वर्षीय महमद हाजीम, २३ वर्षीय महम्मद सामिन रहेका छन् । यस्तै १६ वर्षीय महम्मद ईस्ताक, महमद कलाम, महमद कन्जर र १८ वर्षीय महमद ईस्लाय रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुलाई साउन २९ गते मंगलबार बकुलहर चोकबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट ३ वटा मोटरसाइृकल समेत बरामद गरिएको छ । बरामद गरिएका मोटरसाईकलमा ना ७ प ४५३८ , ना २८ प ९६६५ र ना २८ प ८८२६ नम्बरका रहेको प्रहरीले जनाएको छ  ।
उनीहरुलाई वन ऐन अन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहर िनायव उपरीक्षक प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो । वकुल्ला संरक्षीत चरा भएकोले उनीहरुलाई मंगलबारनै जिल्ला वन कार्यालय, चितवनमा बुझाईएको छ ।सूर्यप्रसाद अधिकारी

प्रतिकृया दिनुहोस

जवानी चल्यो जात चलेन, दलित भएकै कारण सुत्केरी श्रीमती छोडेर श्रीमान बेपत्ता

जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् । श्रीमतीले छोरी जन्माएको डेढ महिनामा

दोष कस्को ?

– पवित्रा दाश  मैले मेरो श्रीमतीलाई साथी जस्तै गर्दथे । हामी जहाँ जादा पनि सँगै जाने गर्दथ्यौ । उनी पनि मलाई धेरै माया गर्दथिन् । म पनि उनलाई धेरै

नि शुल्क स्वास्थ्य शिविर सम्पन्न 

माघ–०६ चितवन, ड्रिम्स् लियो क्लब अफ नारायणगढको आयोजनामा शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित लोटस बोर्डिङ स्कूलमा नि शुल्क स्वास्थ्य