२४ औँ तामाङ प्रसारण दिवस चितवनमा मनाईयो÷उर्गेन र सरस्वती सम्मानीत 

शिक्षा र एकताको माध्यमबाट अघि बढौँ – उपप्रमुख लामा
राजेश रुम्बा तामाङ, भदौँ १, चितवन । 


२४ औँ तामाङ प्रसारण दिवस चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाएको छ । तामाङ पत्रकार संघ चितवनले सम्मान, अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको हो । राप्ती नगरपालीकाको भण्डारामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै राप्ती नगरपालीकाका उपप्रमुख इमान सिं लामाले शिक्षा र एकताको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । विकास र समृद्धिको लक्ष्य शिक्षाविना पुरा नहुनेभएकाले व्यक्ति, परिवार, समाज र पुरै मुलुकलाई अगाडी बढाउन शिक्षाको विकल्प नभएको उल्लेख गर्नुभयो । 


उपप्रमुख लामाले विगतमा राज्यको तर्फबाट अथवा विभिन्न पक्षबाट अन्ययमा परियो, पछाडी परियो भन्दै रोएर, कराएर, अरुलाई गालीगरेर र दोष देखाएर बस्ने अवस्था नभएको पनि बताउनुभएको छ । विगतमा राज्यकै नीतिका कारण कुनै समुदाय पछि परेको तथा उनिहरुको शिक्षा, स्वास्थ्य, चेतना जस्ता विषयमा दिर्घकालीन असर परेको उल्लेख गर्दै लामाले अहिले पढ्ने, लेख्ने, बोल्ने स्वतन्त्रता सवैलाई भएकाले अब आफुलाई अव्वल बनाएर प्रतिस्पर्धा मार्फत अगाडी बढ्न पनि सवै समुदायलाई आग्रह गर्नुभयो । समाजमा रहेका विभिन्न समस्यालाई सवैले मिलेर समाधान गर्नुपर्नेमा जोड दिर्दै उहाँले भन्नुभन्नुभयो एकता नै बल हो, अभाव, समस्यालाई सहयोगको माध्यमबाट समाधान गर्नुपर्छ, हातेमालो गर्न म पनि  प्रतिवद्ध छु ।  


कार्यक्रममा राप्ती नगर नगरपालीकाका वडा अध्यक्षहरु शमसेर लामा, देबेन्द्र लामा, अमर बहादुर लामा, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य गोमन सिं लामा, नेपाल आदीबासी जनजाती महासंघ जिल्ल समन्वय परिषद चितवनका उपाध्यक्ष तथा घेदुङका जिल्ला अध्यक्ष गोपिलाल घलान, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य उर्गेन तामाङ, बौद्ध विहार संघ चितवनका अध्यक्ष सिहं बहादुर लामा, आदिवासी जनजाति महासंघ राप्ति नगर अध्यक्ष सिताराम तामाङ र मौरिपालन महासंघ प्रदेश ३ का अध्यक्ष धर्मराज मोक्तान तामाङले एक आपसमा समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । 


कार्यक्रममा बक्ताहरुले तामाङ पत्रकारहरुले तामाङ समुदाय लगायत पछाडी पारीएका समुदाय, भाषा धर्म सस्कृति र पहिचानको मुद्धामा कलम चलाउनुपर्ने बताएका थिए । कार्यक्रममा सेलो गायक सेलो गायक डिवि लोप्चन, विनु लामा र बालीका तामाङले गित प्रस्तुत गर्नुभएको थियो । संघका उपाध्यक्ष बविलाल तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


२०५१ साल भदौँ १ गत्ते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषाको कार्यक्रम प्रसारण भएको दिनलाई तामाङ पत्रकार संघले हरेक वर्ष तामाङ प्रशारण दिवसका रुपमा मनाउदै आएको छ ।


सरस्वती र उर्गेन सम्मानीत 
कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य एवंम संघका संस्थापक जिल्ला अध्यक्ष उर्गेन तामाङ र संघका पुर्व उपाध्यक्ष सरस्वती लामालाई प्रसंसा पत्रले सम्मान गरीएको थियो । सम्मानीत उर्गेन हाल भरतपुर स्थित ड्रिम्स एफएमको समाचार साखा प्रमुखकको रुपमा कार्यरत हुनुहुन्छ भने सरस्वती रत्ननगर नगपालीकाका प्रवक्ता रहनुभएको छ । 

प्रतिकृया दिनुहोस

‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

लमही, ७ असोज  साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

असोज ७, २०७५  नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई

चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी

असोज ७, २०७५  रसुवा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन